संस्था परिचय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना २०५२ सालमा भएको हो । यस कार्यालय मध्यविन्दु नगरपालिका वडा नं. १०
अरुणखोलामा अवस्थित छ । यस कार्यालयले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य
निर्देशनालय मातहतमा रही कार्य सञ्चालन गर्दछ । नेपालको मौलिक उपचार विधि आयुर्वेद चिकित्सा पद्दतिको माध्यम वाट
स्वास्थ्य प्रवर्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवाहरु प्रवाह गरी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दछ ।

उद्देश्यहरुः
 नागरिकहरुलाई आधारभूत आयुर्वेद चिकित्सा सेवा निःशुल्क रुपमा प्रदान गर्ने,
 विरामीको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गर्ने,
 स्वास्थ्य प्रवर्धन सम्वन्धि कार्य गर्ने,
 जडिबुटीको प्रयोग, संरक्षण र प्रवर्धन गर्ने ।

कार्यालयका जिम्मेवारीहरुः
प्रदेश सरकार अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रुपमा रही प्रदेश र स्थानीय तहसँग समन्वय,
सहजीकरण, सहयोग एवं तोकिए बमोजिम प्रदेश निर्देशन कार्यान्वयन गर्ने ।
 निःशुल्क विरामी परिक्षण तथा औषधि वितरण।
 दैनिक रुपमा योग, पञ्चकर्म संचालन गरी नसर्ने रोग व्यवस्थापन गर्ने।
 स्थानीय सरकार र आयुर्वेद औषधालय वीच समन्वय गर्ने ।
 जिल्ला स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने सरकारी, निजी संस्था र कर्मचारीहरुको सुपरिवेक्षण,
अनुगमन, नियमन तथा गुणस्तर सम्वन्धी कार्य गर्ने ।
 समुदायमा स्वास्थ्य प्रवर्धनका कार्यक्रमहरु तथा अभियानहरु सञ्चालन गर्ने ।
 स्थानीय स्तरमा उपलब्ध जडिबुटीको पहिचान, संरक्षण गर्ने तथा संकलन गरी औषधि निर्माण र सेवाग्राहीलाई
वितरण गर्ने ।
 संघीय र प्रदेश सरकारवाट तोकिएका कार्यहरु गर्ने ।
 आर्थिक तथा प्रशासनिक कार्यहरु गर्ने ।

उपलब्ध सेवाहरुः
 निःशुल्क ओ.पि.डी. सेवा,
 निःशुल्क औषधि वितरण,
 पञ्चकर्म/पुर्वकर्म सेवा,
 जेष्ठ नागरिक सेवा,
 प्रयोगशाला सेवा,
 क्षारशुत्र विधि द्वारा पाईल्स फिसर फिस्टुलाको उपचार सेवा,
 भिडियो एक्सरे सेवा(प्रत्येक मंगलवार),
 स्तनपायी आमाहरुलाई दुग्धवर्धक औषधि वितरण सेवा,
 उपचारात्मक योग सेवा,
 जीवनशैली परामर्श सेवा,
 जडिबुटी परामर्श सेवा।

All rights reserved by जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

Shares